प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी
काठमाडाैं | माघ २३, २०७९
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई ती दुबै मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्यालले आइतबार राजीनामा दिनुभएको थियो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातारण मन्त्रालयकाे पनि जिम्मेवारी लिनुभएको थियो ।
त्यस्तै, तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानाे नागरिकता कायम नरहेकाले उहाँको सांसद पद बदर भएको सर्वोच्च अदालतको फैसला गरेपछि लामिछानेले राजीनामा दिनुभएको थियो ।
लामिछानेले राजीनामा दिनुभएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

